चिनियाँ राजदुत र नेपाली काग्रेसका सासद पौडेल बिच भेटवार्ता

२०८१ असार २, शनिबार
पढ्ने समय : < 1 मिनेट

असार १
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले नेपालका लागि चिनियाँ राजदूत छेन सोङसँग भेटवार्ता गरेका छन् । उनी काठमाडौं चक्रपथको कलंकी–धोबीखोला खण्ड बिस्तारबारे छलफल गर्न बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका थिए।

भेटमा पौडेलले सम्झौताबमोजिम धोबिखोलासम्म चक्रपथ बिस्तारका लागि अनुरोध गरेका थिए । प्रत्युत्तरमा राजदूत सोङले नेपाल सरकारले उक्त खण्डमा निर्माण अघिका सबै कार्य पूरा गरेको जानकारी दिएपछि बिस्तार कार्य अघि बढाइने जानकारी दिएको बताइएको छ । राजदुत सोङले चक्रपथको दोस्रो खण्ड बिस्तारमा बसुन्धरादेखि धोबीखोलाको भाग नपर्ने उल्लेख गरेका थिए ।

बसुन्धरादेखि धोबीखोलासम्मको भागमा चक्रपथ बिस्तारका लागि महाराजगञ्ज चोकको चारैतर्फ रहेका भवन हटाउन आवश्यक हुन्छ । नेपाल सरकारले आवश्यक मुआब्जा दिएर भौतिक संरचना नहटाएसम्म चक्रपथ बिस्तारको कार्य कलंकीदेखि बसुन्धरासम्म मात्र सीमित छ । उक्त क्षेत्रको मुआब्जाको लागि अरबौं रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय