परराष्ट्रमन्त्री र नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीबीच भेटवार्ता

२०८१ असार २, शनिबार
पढ्ने समय : < 1 मिनेट

असार १

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सीपीपीसीसी) का राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
सिंहरबारस्थित परराष्ट्र मन्त्रालयमा शनिबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आर्थिक तथा बिकास सहकार्य र जन सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेटर नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार नेपाल आएको थियो। टोलीले शुक्रबार कार्यवाहक उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटघाट गरेको थियो।
यादवसँगको भेटमा चिनियाँ टोलीले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताएका थिए।

चिनियाँ जनराजनीतिक परामर्शदातृ राष्ट्रिय सभा नेपालको नेपालको राष्ट्रिय सभाजस्तै हो।
अर्थशास्त्रमा स्नातकोत्तर गरेका बेटर चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समिति सदस्य समेत हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय