जेठ ३१
उत्तरी राष्ट्रबाट पाहुनाको टोली नेपाल आउने क्रम बढेको छ । हिजो आएको एउटा मन्त्रीस्तरीय टोली आज स्वदेश फर्कंदै छ भने अर्को टोली भोलि काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
चीनको मन्त्रीस्तरीय टोली २६ घण्टाको निम्ति हिजो बिहान कतारको दोहा हुँदै काठमाडौं आइपुगेको थियो । चीनको धार्मिक मामिलासम्बन्धी मन्त्री छन रुइफङको नेतृत्वमा आएको ६ सदस्यीय टोलीमा ह्वाङ चि हुई,लि मिङ,अइ सिआओ, सु वेनछेन र वाङ रुहुई छन् ।



टोली मध्यान्ह १२ बजे एअर चाइनाको उडानमा सिचुआन प्रान्तको छन्तु हुँदै फर्कंदै छ । भोलि चिनियाँ जनराजनीतिक परामर्शदातृ राष्ट्रिय सम्मेलनका उपाध्यक्षको नेतृत्वमा अर्को उच्चस्तरीय टोली आउन लागेको छ ।भोलि नेपाल आउने टोली स्वदेश फर्केलगत्तै सिचुआन प्रान्तका उपगभर्नर असार ५ गते नेपाल आउने बताइएको छ ।



