जेठ ३०
भारतले नेपालका १२ विकासे आयोजनालाई विस्फोटक पदार्थ आयात अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) दिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) का उपाध्यक्ष आनन्द चौधरीका अनुसार चिनियाँ लगानी र ठेकेदारले निर्माणको जिम्मा लिएकाबाहेक १२ वटा आयोजनाका लागि अनुमति दिइएको हो।



भारतको अनुमतिसँगै केही आयोजनाले विस्फोटक पदार्थ पनि भित्र्याएका छन्। तल्लो बलेफी, लिपिङ खोला, माथिल्लो खुदीलगायत जलविद्युत् आयोजनाले एनओसी पाइसकेका छन्।



