भन्सार छलीको प्याजसहित मिनिट्रक प्रहरी नियन्त्रणमा

२०८१ बैशाख २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

बैशाख २७
प्रहरीले भन्सार छलीको प्याजसहित मिनिट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मर्चवार, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार मर्चवारी गाउँपालिका–४, दुवौलीयास्थितबाट प्याजसहित मिनीट्रक नियन्त्रणमा लिएको हो ।
लु १ ख ७१२३ नम्बरको मिनिट्रकलाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अवैध रुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ७३ बोरा प्याजसहित नियन्त्रणमा लिइएको हो ।

यस्तै, ट्रकचालक मायादेवी गाउँपालिका–७ बस्ने बर्ष २० का अबिनाश यादवलाई पनि नियन्त्रणमा लिइएको छ । प्याजको अन्दाजी मूल्य २ लाख १९ हजार र मिनिट्रकको मूल्य ५ लाख गरी जम्मा ७ लाख १९ हजार बराबरको सामानसहित ट्रक र मानिसलाई आबश्यक कारवाहीका भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय