असोज १४
नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताएका छन् ।



आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताएका हुन् । उनले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चिनलाई विश्वस्त गर्न नसकिएको बताए । उनले बिआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भएपनि सो एजेण्डामा प्रवेश नै नभएको बताए ।
त्यस्तै, नेपालको चुच्चे नक्शा, लिपुलेक, लिम्पियाधुरामा भारत र चिनबीच भएको सहमति लगायतका विषयमा पनि भ्रमणमा कुरा हुन नसकेको भन्दै उहाँले चीनसँग गम्भिरताका साथ ‘डिलिङ’ हुन नसकेको बताए ।
‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपथ्र्यो । जुन मुद्दामा बहश हुनुपथ्र्यो त्यो भएन । सामान्य खुद्रा, मसिना कुराहरु भए । प्रधानमन्त्रीले तिर्थाटन पनि गर्नुभयो । छुट्टी पनि राम्रै मनाउनु भयो । तर मुख्यतयाः चिनसँग हाम्रो बिआरआईका सम्बन्धमा भएका सम्झौताहरुको कार्यान्वयन हो । त्यो चाहीँ देखिनेगरी केही पनि भएन । त्यसको अर्थ चिनसँग जुन ढंगले हामीले गम्भिरताका साथ डिलिङ गर्नुपथ्र्यो त्यो डिलिङ हुन सकेन । नेपाल प्रति चिनका कतिपय आशंकाहरु छन् । ति आशंकाहरुमा हामीले विश्वास दिलाउनुपथ्र्यो’, उनले भने, ‘त्यो विश्वास दिलाउन प्रधानमन्त्रीको भ्रमणबाट सकियो जस्तो मलाई लाग्दैन । कताकता सरकार अरु कुनै शक्ति राष्ट्रको प्रभावमा ज्यादा परेर चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकिएको जस्तो देखिन्छ । यो भ्रमणले त्यसमा कुनै सफलता प्राप्त गरेको देखिदैनँ ।
प्रधानमन्त्रीले तिर्थाटन गरेको र छुट्टी राम्रो गरी मनाएको उनको टिप्पणी छ ।



