असोज ४
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली बिहीबार चीन प्रस्थान गरेको छ । चीनको दन्हुन् सिटीको निमन्त्रणमा नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको नेतृत्वमा नगर उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली, प्रवक्ता ईनामुल्लाह फकिर, लेखा अधिकृत रामचन्द्र अर्याल, वडाअध्यक्ष नईमुल्लाह खाँन, विनोद श्रीवास्तव, वन अधिकृत सन्तोषी पाण्डे, इञ्जिनियर आशिष यादव, समन्वय अधिकृत तुल्सीराम लामिछाने र प्रशासन शाखा प्रमुख शोभाखर पौडेल चीन भ्रमण प्रस्थान गरेका हुन् ।



चीन भ्रमणका क्रममा दुई शहर बिच भगिनी सम्बन्ध थप विस्तार हुने विश्वास लिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध दर्शनको प्रचारप्रसार गरी नेपालको विश्व्यापी रुपमा पहिचान स्थापित गराउन लुम्बिनी साँस्कृतिक नगरपालिका कटिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले बताए । साथै चीन सरकार लुम्बिनी साँस्कृतिक नगरपालिकासँग पारस्परिक सम्बन्ध कायम गर्न चाहेको र आफूहरु पनि तत्पर रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।
चीनका विभिन्न शहरमा पर्यटन प्रवद्र्धन, संस्कृति र कला लगायतका क्षेत्रमा अनुभव आदानप्रदान कार्यक्रम रहनेछ । भ्रमण ७ दिनको रहने जनाइएको छ ।



