असोज ४
नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवले सेप्टेम्बर १७ देखि १८ सम्म सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाको भ्रमण गरेका छ्न । आफ्नो भ्रमणका क्रममा राजदूतले स्थानीय जिल्ला अधिकारीलाई तीन सामुदायिक विकास आयोजनाको उद्घाटन तथा हस्तान्तरण गरेका हुन । राजदुत श्रीवास्तवले टीकापुर बहुमुखी क्याम्पस कैलालीको क्याम्पस भवन; श्री पशुपति शिक्षा मन्दिरमा विद्यालय भवनहरू; र
कञ्चनपुरको श्री सिद्धनाथ मावि हस्तान्तरण गरेका छन।
राजदूतसँगै कञ्चनपुरका सांसद रमेश लेखक र स्थानीय सरकारका पदाधिकारीले पनि एकीकृत जाँच चौकी (आईसीपी) दोधारा चाँदनी आयोजनास्थलको निरीक्षण गरेका छन् । आरटीको हालैको भ्रमणका क्रममा अनुदान सहयोगमा यो आईसीपी निर्माण गर्ने सम्झौता भएको थियो । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भारत भ्रमणका क्रम मा उक्त आयोजनाम सहमति भएको थियोे । आईसीपी सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशबीचको आर्थिक सम्बन्धलाई थप थप फाइदा पुग्ने छ ।



यसैगरी नेपाली जनतामा अहिले भारत कस्तो देश हो भनेर हेर्न सुदुरपश्चिम तिर हेर्न जानू पर्छ ।त्यहाँका जनताले भन्न थालेका छ्न आखिर छिमेकी होस त छिमेकी राष्ट्र भारत जस्तो होस । छिमेकीलाई हरेक कुरामा माथी उकास्ने ,हरेक समस्यामा साथ दिने दुख्ख सुख बुझ्ने होस जो कुरा महाकाली नदिमा भीमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिका जोड्ने चार लाइनको पुल सहित दोधाराचादनी नगरपालिकामा सुख्खाबन्दरगाह सम्मको सहयोग गर्ने योजना समेत सार्वजनिक भएको छ । जुन दोधाराचादनी सुख्खाबन्दरगाहको ठूलो गौरबको योजना पुर्णता दिनका लागि सबै प्रक्रिया पुरागरि अगाडि बढाउने तय भैसकेको छ । राजदुत श्रीवास्तवले सुख्खा बन्दरगाह निर्माण स्थलको अबलोकन पछि तीन बर्षमा निर्माण गरिसक्ने प्रतिबद्धता गर्नु भएको छ । नेपाल र सुदुरपश्चिम प्रदेशका लागि चौतर्फी बिकासको ढोका खुल्नुका साथै अती महत्वपूर्ण यो योजना भारत सरकारको पुर्ण अनुदानमा निर्माण हुने सबै तयारी भैसकेको र नेपालको तर्फबाट पनि पुर्ण तयारी भैसकेको छ । आशा गरौ यस पछि पन्चेश्वर जलविद्युत आयोजना पनि सुरु हुनेछ । नेपाल सरकारले यी आयोजनाहरुमा सहयोग उपलब्ध गराई दिन भारत सरकारलाई आग्रह गर्दै आएको थियोे । राजदुत श्रीवास्तवले सुदुरपश्चिमका सम्पुर्ण आयोजनाहरु समयमा सम्पन्न हुने प्रतिबद्दता जनाउनु भयो ।



