खानी उत्खनन् गर्न भन्दै हेलिकप्टर लिएर रोल्पा पुगेका थिए चिनियाँ सुन तस्कर

२०८० आश्विन १, सोमबार
पढ्ने समय : < 1 मिनेट

असोज १
मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर भएको सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको गिरोह सुन खानी उत्खननका लागि भन्दै रोल्पा पुगेको भेटिएको छ ।

सुन प्रकरणमा पक्राउ परेका आरोपी दावा छिरिङले प्रहरीसमक्ष बयान दिँदै चिनियाँ नागरिकहरुले आफूहरुसँग खानी उत्खनन् गर्ने लाइसेन्स भएको बताएको खुलाएका छन् । त्यसपछि चिनियाँ नागरिकले मगाएको विज्ञहरुको टोली र भाषा अनुवादक मगाएर हेलिकप्टर चार्टर्ड गरेर रोल्पा गएको उनले बताएका छन् ।
‘वेङ्ग जिन्झाओ नामक चिनियाँ नागरिकले चीनबाट खानीसम्बन्धी काम गर्ने ३ जना विज्ञहरु मगाएर रोल्पा गएर ४÷५ दिन बसेर फर्किएका थिए’, सरकारी वकिलको रोहवरमा दावाले दिएको बयानमा भनिएको छ, ‘पानी परेको र बाटोको सुविधा नभएको कारण हाल खानी उत्खनन् गर्न सकिँदैन भनेर टोली फर्किएको थियो ।’

त्यसबेला ती चिनियाँ नागरिकले आफूलाई बिस्कुट आकारको सुनको फोटो देखाएर खरिद गर्ने मान्छे खोज्नु परेको बताएको दावाले दाबी गरेका छन् ।
प्रहरीले दावासहित २९ जनालाई प्रतिवादी बनाएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा दिएको थियो । त्यसका आधारमा आइतबार जिल्ला अदालत, काठमाडौंमा अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन लगायतका कसूरमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय