सचिव मरासिनी नेपाल–चीन संयुक्त व्यापार कार्यदलको बैठकमा सहभागी हुने

२०८० भाद्र २३, शनिबार
पढ्ने समय : < 1 मिनेट

भदौ २३

वाणिज्य सचिव मधुकुमार मरासिनी नेपाल–चीन संयुक्त व्यापार कार्यदलको बैठकमा सहभागी हुन चीन जाँदै छन्।

भदौ २६ देखि २९ सम्म चीनको बेइजिङमा कार्यक्रममा सहभागी हुने छन्। संयुक्त व्यापार कार्यदलको दोस्रो बैठकमा सहभागी हुँदै छन्।

मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधी मण्डल गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
त्यस्तै असोज ८ र ९ गते हुने ग्लोबल सस्टेनेवल ट्रान्सपोर्ट फोरम २०२३ विषयक कार्यक्रममा भौतिक पूर्वधार तथा यातायात राज्य मन्त्री नन्दा चपागाईंलाई सहभागी हुन स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय