भारत भ्रमणअघि प्रधानमन्त्री र माओवादी नेतासँग चिनियाँ नेताको भेट

२०८० जेष्ठ १८, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

जेठ १८

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ । बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरुसँग भेट गरेको हो ।

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए । उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताए ।

‘उहाँ सिचुवान प्रान्तको सेक्रेटरी आउनुभएको थियो । उहाँको नेतृत्वमा आएको टिमसँग हामीले छलफल ग¥यौँ । दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भयो । दुई सरकारबीचमा समान सम्बन्ध बिस्तार होस्, दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध होस्, भन्नेबारेमा केन्द्रित भएर कुरा ग¥यौँ,’ उनले भने ।

भेटमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङलगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले चारदिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिस्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ । साथै चिनियाँ कम्युनिस्ट पार्टीको टोली बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय