चीनले गरेको सिमाबन्द ले नेपाली जनता पिडामा

२०८० जेष्ठ १२, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जेठ १२
चीन सँग सिमा जोडिएको ताप्लेजुङको ओलाङचुङगोला नाका खुलाउन सांसद उर्मिला थेबेले माग गरेकी छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै चीनसँग सरकारी तवरबाट कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग गरेकी हुन् ।कोभिड–१९ को सङ्क्रमणपछि बन्द ताप्लेजुङको ओलाङचुङगोला स्थित नाका अझै खुल्न सकेको छैन ।

नाका नखुल्दा सिमावर्ती ओलाङचुङगोला लेले क्षेत्रका बासिन्दाका दैनिकी कष्टकर बनेको छ ।ओलाङचुङगोला र याङमा गाउँ आसपासका ५, ६ हजार मानिसका लागि तिप्ला नाका जीवनको आधार बनेको छ ।

थेबेले भनिन्,’ त्यहाँको सांसदको नाताले ताप्लेजुङका हिमाली जिल्लाको चरम आर्थीक सङ्कट कम गर्न आग्रह गर्दछु । चीनसँग सरकारी तवरबाट कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय