रास्वपा नेताहरू भेट्न पार्टी कार्यालय पुग्यो चिनियाँ दूतावासको टोली

२०८० जेष्ठ १२, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जेठ १२

नेपालस्थित चिनियाँ दूतावासाको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग भेटघाट गरेको छ।
रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा बिहीबार चिनियाँ दूतावासका डिसिएम वाङ शिनसहितको टोलीले रास्वपा नेताहरूसँग भेटवार्ता गरेको हो।
भेटमा पार्टीका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायत उपस्थिति थिए।

भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय