चीनले नेपाललाई ऋणको जालमा फसाउन खोज्यो

२०८० जेष्ठ ११, बिहीबार
पढ्ने समय : 2 मिनेट

जेठ ११
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋणको जालमा फसाउन रणनीति बनाइरहेको बताएका छन् ।

जनकपुरमा अभियानले आयोजना गरेको नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बोल्दै उनले चीनले नेपाललाई ऋणको जालमा फसाई श्रीलंका बनाउन रणनीति बनाइरहेको बताएका हुन् ।

उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गर्नुभयो । उनले भने,’उतर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेको छ, चीनले देश भित्र राजनीतीक हस्तक्षेप गर्नुका साथै अघोषित नाकाबन्दलाई निरन्तरता दिइरहेको छ।’

उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको समेत खुलासा गरे । उनले भने,’चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।’

त्यसैगरी गोष्ठीमा साहित्यविद् सुदर्शन लाल कर्णले नेपाललाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए । उनले भने,’चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।’

उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको पनि जिकिर गरे ।
उनले भने,’चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।’ हाम्रो देश आर्थिक संकटमा फसेको बेला कैलाश मानसरोवर यात्रा गराउने कम्पनी सँग चीनले ८०लाख रूपैया धरौटी को नाममा माग्नुु संकटको बेला घाटी रेटेको साबित भएको छ। कैलाश भ्रमण गर्न आउने पर्यटकहरुलाई अनावश्यक यातना दिइ चीनले नेपालको पर्यटन व्यवसाय ध्वस्त पारी नेपालको आर्थिक समस्यामा पारी त्यसको पÞmायदा उठाउन खोजेको आरोप लगाउनु भएको छ।

संविधानसभा सदस्य विपी यादवले चीनको विस्तारवादी नीतिलाई हामी सबै मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने जिकिर गरे ।

उनले भने,’कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।’

हिन्दी अभियंन्ता रमन पाण्डेयले सनातन संस्कृति नेपालको आत्मा भएको बताउनु भयो । उहाँले भन्नुभयो,’समाजमा चली रहेको जातीय द्वन्दलाई समाधान गर्न राष्ट्रीय एकता को सूत्र हिन्दु संस्कृति नै हो त्यसकारण देशलाई संघिय हिन्दु गणतंत्र कायम गरी अघि बढ़णु पर्ने अहिलेको आवश्यकता रहेको छ।’

कार्यक्रममा धार्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण , मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, डा. बीरेंद्र कुमार, प्राध्यापक बालकेश्वर ठाकुर, वन्दना पाण्डेय लगायतले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खोजिरहेको भन्दै सतर्क हुन जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय