पपुआ न्यूगिनीका प्रधानमन्त्रीले खुट्टा छोएर नरेन्द्र मोदीलाई गरे स्वागत

२०८० जेष्ठ ८, सोमबार
पढ्ने समय : < 1 मिनेट

जेठ ८

पपुआ न्यूगिनीका प्रधानमन्त्री जेम्स मारेपले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुट्टा छोएका छन् । आइतबार साझ पपुआ न्यूगिनी पुगेका मोदीलाई राजधानी पोर्ट मोरस्बीमा प्रधानमन्त्री मारेपले स्वागत गर्दै खुट्टा छोएका हुन् ।
त्यसपछि मोदीलाई विमानस्थलमै गार्ड अफ अनर दिइएको थियो । उक्त इन्डो प्यासिफिक क्षेत्रमा भारतीय कुनै पनि प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो ।

समाचार एजेन्सी एएनआईका अनुसार पपुआ न्यूगिनी सरकारले आफ्नो परम्परा तोड्दै मोदीको स्वागत गरेको हो ।
खासमा सूर्यास्तपछि कुनै पनि विदेशी पाहुनालाई राजकीय सम्मान दिइँदैन । तर सूर्यास्तपछि पुगेका मोदी सूर्यको तेज बनेर पुगे र राजकीय सम्मान पाए । पपुआ सरकारले भारतको महत्व बुझ्दै यो फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय