अग्नि सापकोटासहित २० जना माओवादी नेता चीन प्रस्थान

२०८० जेष्ठ ६, शनिबार
पढ्ने समय : < 1 मिनेट

जेठ ६

नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटासहित २० जना नेता चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनीहरु शुक्रबार चीन प्रस्थान गरेका हुन् ।

सापकोटा नेतृत्वको २० सदस्यीय माओवादी नेताहरु सम्मिलित टोलीले चीनमा रहँदा विभिन्न कार्यक्रम र छलफलमा सहभागी हुनेछ ।

सो टोलीले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्नेछ छ । उक्त टोली १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय