नेपालबाट बंगलादेशले ४० मेगावाट बिजुली किन्ने

२०८० जेष्ठ ३, बुधबार
पढ्ने समय : < 1 मिनेट

जेठ ३
बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देश बीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।

 

नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ ।

नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ शुरु गरिने छ ।

दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेश बीच भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय