तीस हजार टन मलको ठेक्का भारतीय कम्पनीले पायो, थप ३० हजार टनको ठेक्का लाग्दै

२०८० बैशाख २९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

बैशाख २९
तीस हजार टन युरिया मल ल्याउने ठेक्का इण्डियन पोटास लिमिटेड(नयाँ दिल्ली)ले पाएको छ।

कृषि सामाग्री कम्पनीले रासायनिक मल आयातका लागि निकालेको ठेक्कामा भारतीय कम्पनी छनोट भएको हो। कम्पनीले फागुन अन्तिम साता ठेक्का निकालेको थियो। इण्डियन पोटासले १३११०००० अमेरिकी डलर (करिब १ अर्ब ७२ करोड रुपैयाँ) मा ठेक्का पाएको हो। सम्झौता भएको १०७ दिनमा कम्पनीले मल ल्याइसक्नुपर्नेछ।

कम्पनीले थप युरिया मल खरीदका लागि निकालेको ठेक्कामा तीनवटा कम्पनी प्राविधिक प्रस्तावमा पास भएका छन्।

कम्पनीले ३० हजार टन युरिया खरिदका लागि चैत ७ गते ठेक्का निकालेको थियो। उक्त ठेक्कामा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज पिटीई लिमिटेड (सिंगापुर), इण्डियन पोटास लिमिटेड (भारत) र एग्रि कमोडिटिज एण्ड फाइनान्स एएलसी (युनाइटेड अरब इमिरेट्स) पास भएका हुन्।

प्राविधिक प्रस्तावमा पास भएका कम्पनीको जेठ ११ गते आर्थिक प्रस्ताव खोलिने छ। आर्थिक प्रस्तावमा सबैभन्दा कम कबोल गर्ने कम्पनीले ठेक्का पाउनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय