उपेन्द्र यादवको जातीय राजनीति मधेसी जनताद्वारा अस्वीकार

२०७९ मंसिर ९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतले पराजित भएका छन्। यादव र राउत सप्तरी– २ बाट उम्मेदवार बनेका थिए। तर बुधबार सम्पन्न अन्तिम मत परिणाममा राउतले यादवभन्दा दोब्बर मत ल्याउँदै सानदार जित हासिल गरे। उनका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा व्यक्त गरेको भाषाले उनीहरुको पीडालाई प्रष्ट पार्छ। अर्कोतिर, जनमत पार्टीका नेता तथा कार्यकर्तामा भने उत्साह बढेको छ। जातीय राजनीतिमा बढी ध्यान– यादव मधेसमा आलोचित हुन थालेपछि उनले आफ्नो शक्ति टिकाइराख्न मधेसको जातीय समीकरणमा खेल्न थालेको देखिन्छ। उनले मधेस आन्दोलनबाट आएका नेता कार्यकर्तालाई विस्थापित गर्दै आफूलाई सहज हुने जातीय अगुवाहरुलाई प्राथमिकतामा राखेको आरोप थियो। उनले पार्टीको केन्द्रदेखि तल्ला संगठन संरचनासम्मै आन्दोलनबाट स्थापितहरुलाई पाखा लगाएका थिए। परिणामतः अवस्था यस्तो देखियो कि मधेस आन्दोलनबाट आएका नेता कार्यकर्ताहरु पार्टी संगठनबाट विस्थापित हुँदै गए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय