उपेन्द्र यादवको जसपा जिताउन भारतीय मुस्लिम संगठन सक्रिय, पर्साको घटनाले सबैलाई झस्कायो

२०७९ मंसिर २, शुक्रबार
पढ्ने समय : 2 मिनेट

मंसिर १
मधेश विरोधी शक्ति एमालेसँग तालमेल गर्दा मधेशमा संकटमा परेको उपेन्द्र यादव नेतृत्वको जसपा जिताउन भारतीय मुस्लिम संगठनहरुले अदृश्य रुपमा लगानी गरेको खुलेको छ ।

राष्ट्रिय अनुसन्धान विभागको एक गोप्य रिपोर्टअनुसार एमालेनिकट समिम मिया अन्सारी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको समन्वयमा एमाले–जसपा गठबन्धन जिताउन भारतीय मुस्लिम संगठनहरु सक्रिय भएको पाइएको हो । मुस्लिम संगठनहरुले अदृश्य रुपमा आर्थिक तथा अन्य सहयोग गरिरहेका छन् । सप्तरी २ मा उपेन्द्रलाई जिताउन पनि उनीहरुले अदृश्यरुपमा लगानी गरेको गुप्तर विभागका एक उच्च अधिकारीले बताए । यसैकारण उपेन्द्र हार्ने अवस्थामा यहाँ हिंसात्मक घटना हुन उच्च सतकर्ता अपनाइएको उनले बताए ।

मधेशमा उपेन्द्र र जसपालाई भारतीय मुस्लिम संगठनबाट सहयोग भइरहँदा पर्सामा भएको घटनाको पनि कनेक्सन हुनसक्ने आकलन सुरक्षा निकायको छ । तर यसबारे थप अनुसन्धान भइरहेको छ । मंगलबार भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय मुस्लिम पक्राउ परेका थिए । भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई पक्राउ परेका हुन् ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको थियो । यो घटना पनि भारतीय मुस्लिम संगठनको सहयोगकै सिलसिला हुनसक्ने अनुमान गरिएको छ । आर्थिकसँगै उनीहरुले फर्जी मतदानका लागि नक्कली मतपत्र पठाएको हुनसक्ने आकलन छ । यो मतदाता प्रभावित पार्ने घटना भन्दै निर्वाचन आयोगले नै ध्यानाकर्षण जनाउँदै सुरक्षा निकायलाई कारवाही गर्न निर्देशन दिइसकेको छ ।

यो घटनाले मधेशमा फर्जी मतपत्र हुनसक्ने डरलाग्दो जोखिम देखाएको छ । चुनावको मुखमा सबैलाई झस्काएको छ । प्रहरीले ती भारतीय मुस्लिम नागरिक अहमदबाट बरामद गरेको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य सबै दलको चुनाव चिह्न रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने नेपाली कांग्रेसका युवा नेता राकेश यादवले आशंका गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय