रोटरी क्लब अफ भैरहवा द्धारा निशुल्क स्वास्थ्य शिविर सचालन ८ सय बढी ले लिए सेवा गृह मन्त्री खाण द्धारा निरिक्षण

२०७९ आश्विन ३०, आईतवार
पढ्ने समय : 2 मिनेट

असोज ३०
रोटरी क्लब अफ भैरहवा तथा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी को सयुक्त आयोजना मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ को सहकार्य तथा गौतमबुद्ध सामुदायिक मुटुअस्पताल बुटवल को प्राविधिक सहयोग मा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

कार्यक्रम मा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण प्रसाद उपाध्याय ले शिविर सचालन गरेर क्लब ले सराहनिय कार्य गरेको भन्दै आगामी दिन मा यस्ता काम लाई निरन्तरता दिन आग्रह गर्नु भयो । रोटरी क्लब अफ भैरहवा का जिएसआर एजाज आलम ले कोरोना का कारण बन्द गर्नु परेकोे स्वास्थ्य शिविर फेरी सचालन गर्न पाउदा अत्यन्तै खुसी लागे बताउनु भयो । आलम ले तीन वर्ष पछी पहिलो शिविर सचालन गरिएको र यस लाई अब निरन्तरता दिने बताउनु भयो । आलम ले शिक्षा र स्वास्थ्य लाई व्यवसाय बनाउन नहुने भन्दै यसमा सेवा भाव ले काम गर्न सबै रोटरियनहरु लाई आग्रह गर्नु भयो ।
कार्यक्रम मा रोटरी क्लब अफ भैरहवा का अध्यक्ष पवन पौडेल, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष शिव गौडेल,सस्कृत विधाश्रम का अध्यक्ष डि.आर. शर्मा,लगायत ले आ आफनो भनाई राख्नु भएको थियो ।
शिविरमा ८सय ८ जना ले स्वास्थ्य परिक्षण गराएका थिए । जसमा ४ सय ७० जना ले ईसिजि, २ सय ४५ जना ले ईको ,५० जना ले पिएफटी तथा २सय२५ जना ले प्याथोलोजी को जाच गरेका थिए ।
कार्यक्रम सयोजक दिपक सापकोटा को स्वागत, सचिव कमल कोईराला को सचालन मा कार्यक्रम सम्पन्न भएको थियो । गौतमबुद्ध सामुदायिक मुटुअस्पताल बुटवल का ९ जना विशेषज्ञ डाक्टर सहित ५६ जना को स्वास्थ्यकर्मी को टोली ले स्वास्थ्य परिक्षण गरेको थियो ।

शिविरमा गृहमन्त्री बालकृष्ण खाणले समेत आफनो स्वास्थ्य परिक्षण गराउनु भएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा का उम्मेदवार समेत रहनु भएका खाणले स्वास्थ्य परिक्षण गराउन आएका स्थानिय तथा शिविर सम्बन्धी जानकारी लिनु भएको थियो ।
शिविरमा रोट्रक्ट क्लब अफ भैरहवा को समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय