राजस्व अनुसन्धान कार्यालय इटहरीले गाडी पक्राउ का साथै चालक लाई दुर्व्यवहार गरेको भन्दै भारतमा तेलको ट्यांकर रोकियो

२०७९ आश्विन १, शनिबार
पढ्ने समय : < 1 मिनेट

असोज १

सिलिगुडीबाट इन्धन बोकेर नेपाल प्रवेश गर्न लागेका करिब ४० वटा ट्यांकर प्रवेशमा भारतीय चालकहरुले अवरोध गरेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले गाडी पक्राउ गर्नुका साथै चालकलाई दुर्व्यवहार गरेको भन्दै भारतीय चालकहरुले पानीटंकी क्षेत्रमा इन्धनका ट्यांकरमाथि अवरोध गरेका हुन् ।
बिहीबार राति राजस्व अनुसन्धानले अवैधरुपमा नेपाल भित्र्याइएको आरोपमा फलफूल र तरकारी बोकेका चार वटा गाडी मोरङको भाउन्नेबाट नियन्त्रणमा लिएको थियो । गाडी चालकलाई सशस्त्र प्रहरीले दुर्व्यवहार पनि गरेको आरोप भारतीय चालकहरुको छ ।
मेची भन्सार प्रमुख केशव ओलीले तेल बोकेर नेपाल छिर्न लागेका करिब ४० वटा ट्यांकरलाई प्रवेशमा रोकिएको जनाए । उनका अनुसार ट्यांकर घेरेर भारतीय चालकहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय