भारत पुगेको ११ किलो चरेससहित ३ जना नेपाली पक्राउ

२०७९ भाद्र १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

भदौं १०
कृष्णनगर हुँदै भारत जानेक्रममा एघार किलो चरेससहित ३ जना नेपालीलाई एसएसबीले पक्राउ गरेको छ।
राति १०ः४५ को समयमा नेपाल सिमा पार गरि भारत पुगेका ३ जना नेपाली नागरिकसहित १० किलो ८६० ग्राम चरेस पक्राउ परेको भारतीय एसएसबीले जनाएको छ । गस्तीदल सहायक कमांडेट पंकज साहाको नेतृत्वमा नेपाल–भारत सिमाको पिल्लर ५६७ हुँदै भारत प्रवेशको क्रममा गुल्मीका ४२ बर्षीय वीर बहादुर र वागलुंङकी दुई महिला ३० बर्षिय अखिमला घर्ती र खर्कमाला बुढा मगरलाई डग स्काव्यडको मद्दतले पक्राउ गरिएको हो। खानतलासीकै क्रममा पक्राउ परेका तीनै जनासंग नागरिकता फेला परेको छ । भने चरेसलाई हिमाचल प्रदेशको कुल्लु जिल्लामा पुर्याउने उद्देश्य रहेको एसएसबीले मुचुल्कामा उल्लेखित गरेको छ। कमांडेंट अशोक बिस्वास बढनी पुगेर चरेस पक्राउ परेको घटनाबारे थप अनुसन्धान हुँदै गरेको जानकारी दिएका छन ।

त्यस्तै नेपाल सिमा हुँदै चरेससहित तस्कर भारत पुगेको घटनाबारे अनुसन्धान भइरहेको कृष्णनगर इलाका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय