साउन १२
काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। अवैध गतिविधि गरेको आशंकामा एक होटलमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन्।
उनीहरुको साथमा रहेको विभिन्न विद्युतीय उपकरणसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन।



उनका अनुसार विशेष सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले ठमेलको भियाना होटलबाट उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथमा रहेको २६ थान ल्यापटप, ४७२ थान मोबाइल, २०–२० वटा एनसेल र स्मार्ट कल सिम र १ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ।
प्रहरीले यसअघि कल सेन्टरमार्फत् अवैध गतिविधि गरेको भन्दै तिनकुनेस्थित स्काइ वल्र्ड कल सेन्टरमा छापा मारेको थियो। तिनकुनेबाट प्रहरीले एक चिनियाँसहित ३५ जनालाई पक्राउ गरेको थियो।



