चिनियाँ नागरिकले चलाउने कलसेन्टरमा प्रहरी निगरानी ,बुटवल पछि काठमाडौंमा छापा

२०७९ श्रावण १०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

साउन १०
चिनियाँ नागरिकले काठमाडौंमा चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा तीनकुनेमा चिनिया नागरिकले संचालन गरेको कलसेन्टरमा छापा मारेको एसएसपी भरत बोहोराले जानकारी दिनु भएको छ । यसैक्रममा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिला लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी का अनुसार त्यहा स्थित एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । घरबाट ल्यापटप लगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको प्रहरी को भनाई छ ।

कलसेन्टरमा प्रहरी ले निगरानी बढाएको छ । कलसेन्टर चलाएर आमुख नागरिक लाई ठग्ने र साइबर अपराध गर्ने गरेको सूचना प्रहरी लाई प्राप्त भैरहेको प्रहरी का उच्च अधिकारी ले जनाएका छन । आइतबार मात्रै प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय