अरुण तेस्रो आयोजनास्थलमा नेपाली र भारतीय मन्त्रीको संयुक्त निरीक्षण, प्रगतिबारे जानकारी

२०८२ बैशाख ९, मंगलवार
पढ्ने समय : < 1 मिनेट

बैशाख ९
नेपाल–भारत ऊर्जा सहकार्यको प्रतीक मानिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रगतिका विषयमा मंगलबार उच्चस्तरीय निरीक्षण भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्री मनोहरलाल खट्टर संयुक्त रूपमा संखुवासभाको मकालु गाउँपालिकास्थित आयोजना स्थल पुगेका थिए। दुबै मन्त्री सेनाको हेलिकोप्टरमार्फत ड्याम साइटमा पुगेका हुन्।
निरीक्षणका क्रममा मन्त्रीद्वयले सुरुङ मार्ग, ड्याम निर्माणको प्रगति तथा आयोजनाको समग्र भौतिक अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूले चिचिलास्थित निर्माणाधीन पावर हाउसको समेत अवलोकन गरेका छन्।
अरुण तेस्रो आयोजनामा भारतको सतलज जलविद्युत् निगम ले लगानी गर्दै आएको छ। नेपालका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको उक्त आयोजना आगामी वर्षभित्र सम्पन्न हुने लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको छ।
यस प्रकारको संयुक्त निरीक्षणले आयोजना निर्माणमा पारस्परिक विश्वास र सहकार्यको सन्देश दिएको स्थानीय तथा प्राविधिक स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय