लुम्बिनीमा शुरु भयो अन्तर्राष्ट्रिय शान्ति उत्सव

२०८१ चैत्र ६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

चैत ७,

बुद्ध जन्मस्थलको प्रबर्धन गर्ने उध्देश्यसहित आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव शुरु भएको छ ।
महोत्सवको स्वागतमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत चेन सोङले बोल्दै लुम्बिनी विश्वकै पवित्र ठाउँ भएको बताए । उनले बुध्द जन्मस्थल लुम्बिनीबाट बुध्द शिक्षा संसारको लागि प्रचार प्रसार गर्न महत्त्वपूर्ण रहने बताए ।

सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि बताए । “नेपाल र चीनको सम्बन्ध हार्ट टु हार्ट अर्थात मनदेखि मनसम्म रहेको छ ।“,उनले भने सो अवसरमा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनको दौत्य सम्बन्धलाई अझै मजबुत बनाउन लुम्बिनी शान्ति उत्सव थप प्रभावकारी हुने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीको प्रबर्धन र सम्बर्धनको लागि चिनियाँ दूतावासको सहकार्यका कार्यक्रम फलदायी हुने राय व्यक्त गरे ।

कार्यक्रममा पर्यटन,सँस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे,लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुध्दिन खानको पनि आतिथ्यता रहेको थियो । लुम्बिनीमा आजदेखि शुरु भएको कार्यक्रम ३ दिनसम्म विविध कार्यक्रमसहित मनाइँदैछ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय