मसिर २४
‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘रेडियो डायग्नोसिस तथा तथा मेडिकल इमेजिङ्ग विभाग’को आयोजनामा ‘हाजिरीजवाफ प्रतियोगिता’ (रेडियो क्वीज २०२४) सम्पन्न भएको छ । कार्यक्रममा अन्तराष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत विकास भएका प्रविधि सम्बन्धमा छलफल, सिकाई, बढि भन्दा बढि विरामी मैत्री र रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रिकृत रहेको थियो ।
कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘रेडियोलोजी विभाग’ प्रमुख तथा मेडिकल सूपरिन्टेन्डेन्ट प्रा.डा.सदनमूखिको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सन्चालन दर्शना ढकालले गरेकी थिइन । कार्यक्रममा प्रा.डा.सन्तोष शाह, उप प्रा.डा.राजकुमार के.सी., उप प्रा.डा.दिपान्जली शर्मा, डा.सन्तोष मिश्रा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको अनुगमन सह प्रा.डा.सन्जु रावल, डा.वर्दान ओली, डा.कृष्ण थापाले गरेका थिए।
कार्यक्रममा समुह ‘ग’ अन्तर्गत डा.स्वेता गुप्ता, डा.सम्रक्ष लम्साल, डा.सम्झना मेहता, हिमेश्वरी लता चौधरी, मोहनन्द मेहता, राज कुमार ठाकुर र नारायणी अधिकारीको समुह प्रथम भएको थियो भने समुह ‘क’ अन्तर्गत डा. दृष्टि लामिछाने, डा. अग्नी वाइवा, डा. महा मुन्नर, विविका कण्डेल, विनिशा अधिकारी, मुना खत्री कार्की, नारायण कुमार चौधरी, राजा बाबु शाहको समुह द्धितीय भएको थियो । समुह ‘ख’ अन्तर्गत डा.नारायण बोहरा, डा.ममता अवस्थी, डा. पुजन बाटाजु, नम्रता चौधरी, गंभिरलाल यादव, रोहित रोय, शिक्षा पोखरेलको समुह तृतीय भएको थियो । कार्यक्रमको संयोजन कृष्ण प्रसाद पोखरेलले गरेका थिए । भने विजेता समुहलाई मेडल तथा ट्रफी हस्तान्तरण गरिएको थियो ।






