कार्तिक १२
चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङ सम्मानित भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थ्य सम्बन्धी १६ वटा देशका वैज्ञानिकको सहभागिता रहेको काठमाडौंमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्दन गरेका हुन्।
उक्त गोष्ठीमा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवर्द्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति कृतज्ञता व्यक्त गरेका थिए।
मन्त्री पाण्डे नेपाल र चीन बीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा नेपाल आएको अभिलेख रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे।
उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिन आग्रह समेत गरे।



उनले कोरियाली एवं चिनियाँ नागरिकलगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत आग्रह गरे। अभिनन्द कार्यक्रममा बोल्द विङडिङले नेपालीहरू निकै आत्मीय रहेको बताउँदै नेपाली विधायार्थीलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको बताए। उनले नेपाली विद्यार्थीहरूलाई आफूसँग जोडिन दिन समेत आगह गरे। हाल विङडयानको मातहतमा ११४ जना विद्यार्थीहरूले विद्यावारिधी गरिरहेका छन्।



