कार्तिक २६
अग्रहरी सेवा समाज, रुपन्देहीले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणलाई मतदान गर्ने बताएको छ।
समाजले शुक्रबार भैरहवामा कार्यक्रम गरेर प्रतिनिधि सभामा खाँण र प्रदेश सभा ३ क मा गठबन्धनकै उम्मेदवार सन्तोषकुमार पाण्डेयलाई मतदान गर्ने घोषणा गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष सियाराम अग्रहरीले मुलुकमा गणतन्त्र र संघीयतालाई संस्थागत गर्न तथा आमनागरिक र उद्योगी–व्यापारीले भोग्दै आएको समस्या समाधान गर्न खाँणबाहेक अरुले नसक्ने निष्कर्षसहित मतदान गरेर प्रतिनिधि सभा सदस्यमा विजयी गराउन लागि पर्ने जनाए ।



कार्यक्रममा गृहमन्त्री खाँणले नागरिक, उद्योगी, व्यवसायी, मजदुर, किसान सबैले भोग्नुपरेका समस्या समाधान गर्न लागिपर्ने बताए । नागरिकको सुख दुःखमा आफू सदैव साथमा रहने उनको प्रतिबद्धता रहेको छ ।



