कुर्थादेखि जयनगर सम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थीत गर्न सरकारलाई निर्देशन

२०७९ भाद्र ८, बुधबार
पढ्ने समय : < 1 मिनेट

भदौ ८
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थीत गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालनका लागि प्रयाप्त ध्यान नपुराउदा अनेकन समस्या देखिएको भन्दै रेल सेवालाई व्यवस्थीत गर्न सरकारलाई निर्देशन दिएको हो ।

रेल सेवालाई सुधारका लागि आवश्यक जनशक्ति, ममर्त गर्ने वर्कशप, फ्युल सेन्टर स्थापना लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार निर्माण गर्न निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्।

त्यस्तै, विद्युतीय रेल सञ्चालनलाई प्राथमिकता दिने गरी रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न पनि निर्देशन दिइएको उनले बताइन।्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय