नेपालको जलविद्युत महँगो भए भारत–बंगलादेश निर्यात हुँदैन ः कुलमान

२०७९ भाद्र ८, बुधबार
पढ्ने समय : 2 मिनेट

भदौ ८ ,
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन्।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। उनले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए।

निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताए। उनले नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए।

उनले भने, ‘नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत हो। जलविद्युतलाई नेपालले कति सस्तो बनाउने भन्ने कुरा नेपाल सरकारकै गतिविधिले गर्छ। जलविद्युत सस्तो भयो भने जनताले सस्तोमा पाउँछ। जलविद्युत सस्तो भयो भने भारत र बंगलादेशमा निर्यात हुन्छ। भारतको भन्दा नेपालको जलविद्युत महँगो भयो भने निर्यात हुँदैन। त्यसैले नेपालको जलविद्युत सस्तो बनाउनेकी महँगो बनाउने हाम्रो गतिविधिले गरिरहेको छ।’

घिसिङले ५० अर्बको तनहुँ जलविद्युतमा करिव ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए। उनले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताए।

उनले भने, ‘तनहुँ जलविद्युत ५० अर्बको परियोजना हो। जसमा करिव ३ अर्ब वन र सरकारी जग्गालाई तिर्नुपर्यो। त्यस्तै निजी जग्गाको अर्को ३ अर्ब गरी ६ अर्ब र सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको राम्रो होइन। यो आयोजना महँगो छ। रिर्टन भनेको ५ प्रतिशत पनि छैन। यो एकदमै महँगो आयोजना शुरु भएको हो। यो आयोजनामा एडीबी लगायतको ऋण भएकाले अगाडि बढेको हो। नत्र यो आयोजना भन्दा धेरै राम्रा आयोजनाहरु अगाडि बढेका छैनन्।’

घिसिङले जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताए। उनले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गरे। बंगलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताए।

निर्देशक घिसिङले सरकारले नै आयोजनाहरु महँगो बनाउँदै जाने हो भने जलविद्युत जनतालाई समेत महँगो पर्ने बताए। उनले नेपालको विद्युत महँगो भएमा विदेशमा निर्यात हुन पनि गाह्रो रहेको बताए। घिसिङले प्राकृतिक स्रोत प्रयोग गरे मात्रै जलविद्युत सस्तो पर्ने भन्दै स्रोतहरुको प्रयोग गर्ने नीति आवश्यक रहेको बताए। उनले कालिगण्डकीको कुनैपनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डकी करिडोरमा कुनैपनि परियोजना सस्तोमा बन्न नसक्ने बताए। घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय