नेपाल–पाकिस्तान सम्बन्धबारे लैनचौरमा छलफल

२०८१ श्रावण २५, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

साउन २५
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन ।
भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवम् क्षेत्रीय तथा अन्तरराष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ । उपराष्ट्रपतिले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताएका छन ।
‘दुई मुलुकबीच स्थापना भएको संयुक्त आर्थिक आयोग र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र मार्फत् हामीले सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ ’उनले भने, ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।’ उपराष्ट्रपतिले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्ने विश्वास लिएका छन ।
प्रत्युत्तरमा पाकिस्तानी राजदूतले दुई मुलुकबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन पाकिस्तान सँधै तयार रहेको बताएका छन।दुई मुलुकबीचको सम्बन्ध जनस्तरमा थप प्रगाढ बन्दै गएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय