एमाले र चीनलाई कांग्रेस युवा नेता ठाकुरको प्रश्नः चीनले मधेशीमाथि विश्वास गर्न सकेको छैन?

२०८१ असार १५, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

असार १४
नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले एमाले र चीनलाई एकसाथ प्रश्न गरेका छन्।
एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली चीन भ्रमणमा गइरहेका बेला ठाकुरले सामाजिक सञ्जालमार्फत् प्रश्न सोधेका हुन्।


३० सदस्यीय टोलीमा मधेशी समुदायबाट चन्द्रेश्वर मण्डल मात्र छन्। ठाकुरले प्रश्न गरेका छन्, ‘अब प्रश्न उठछ कि एमालेले मधेशीलाई चीनमा चिनाउन चाहेको छैन या चीनले मधेशीमाथि विश्वास गर्न सकिरहेको छैन? यी दुबै अवस्थामा मधेशीलाई सजग हुन आवश्यक छ।’

मधेश र मधेशीलाई हेर्ने एमाले र चीनको नजर सुरुदेखि नै हेपाहा नै रहेको उल्लेख गर्दै ठाकुरले भनेका छन्, ‘जुन कि अहिले पनि बदलिएन, यो दुखद विषय हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय