विवाह गराइदिने बहानामा युवतीलाई चीनमा बेचबिखन गरेको आरोपमा महिला पक्राउ

२०८१ असार १४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

असार १३

नेपाली युवतीलाई विवाहको बहानामा चीन पु¥याई बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो।
चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते पीडित युवतीको उद्दार गरिएको थियो। उनी नेपाल फकिएपछि दिएको जाहेरीको आधारमा ब्यूरोले पक्राउ गरेको हो।
राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आउ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाएको पीडितको दाबी छ।
पीडितले काठमाडौंको ठमेलमा चिनियाँ युवकसँग भेट गरी २०८० फागुन १० गते भिजिट भिसामा चीन गएकी थिइन्।
तर चीनमा उनलाई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको ब्यूरोको दाबी छ।
राईलाई अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पहिलो पटक ७ दिनको म्याद दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय