चीनद्वारा ताइवानको कुरा नकोट्याउन अमेरिकालाई चेतावनी

२०८१ जेष्ठ १६, बुधबार
पढ्ने समय : < 1 मिनेट

जेठ १६

चीनले ताइवानको विषयमा अमेरिकासँग सोधनी गर्ने कुनै अधिकार नरहेको बताएको छ । ताइवान पूर्णरुपमा आफ्नो अंग रहेको जनाउँदै चीन र ताइवानको कुनै पनि विषयमा प्रश्न गर्ने अधिकार अमेरिकालाई नरहेको चेतावनीयुक्त जवाफ दिइएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले ताइवान चीनको अभिन्न अंग भएकाले कुनैपनि किसिमको वाह्य हस्तक्षेप स्वीकार्य नरहेको बताइन् । बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ सेनाको ताइवानलक्षित युद्ध अभ्यासको बारेमा पनि अमेरिकाले चासो राख्नुको कुनै अर्थ नरहेको उनको भनाई छ ।

उनले भनेकी छन्,‘पछिल्लो युद्ध अभ्यासबारे अमेरिकाले प्रश्न गर्नुको कुनै औचित्य छैन । ताइवान र युद्ध अभ्यास विशुद्ध चीनको आन्तरिक मामिला हो । त्यसैले चीनमाथि प्रश्न गर्ने अधिकार अमेरिकासँग छैन ।’

चीनले ताइवानलक्षित सैनिक अभ्यास ‘ताइवान स्वतन्त्रता’ का लागि अभिव्यक्ति दिएका राष्ट्रपति लाइ चिङ तेको उक्साहटको दण्ड भएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय