आइएमएफले भन्यो ः अर्थव्यवस्थामा भारत ‘स्टार परफर्मर’ बन्दै, डिजिटलाइजेसनमा प्रगतिको असर

२०८० पुष ३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

पुुस ३

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अर्थव्यवस्थाको मामिलामा भारत एक स्टार परफर्मरको रुपमा स्थापित भइरहेको जनाएको छ। आइएमएफका मिसन अफ इन्डिया नाडा चौएरीले ‘ग्लोबल ग्रोथ’मा भारतले १६ प्रतिशति भन्दा बढी योगदान दिन सक्ने पनि बताएका छन्।
‘पछिल्लो केही समयदेखि हामी देखिरहेका छौं भारतको विकास बलियो हुँदैछ। जब तपाईं समकक्षी देशहरुलाई हेर्नुहुन्छ तब वास्तविक विकासको कुरा आउँछ। यो मामिलामा भारत एक स्टार परफर्मर हो,’ उनले पीटीआइसँग संवादका क्रममा भनेका छन्।

आइएमएफले सोमबार आफ्नो वार्षिक कन्सल्टेनशन जारी गर्दै भारत आफ्नो व्यापक आर्थिक नीतिका कारण यो वर्ष विश्वमा प्रमुख अर्थव्यवस्था भएको राष्ट्र मध्ये एक बन्ने दिशातर्फ अघि बढिरहेको उल्लेख गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

चौएरीले विकासको ठोस आधार बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले विकास निर्माणको सतही दाँचाको लगानी गर्नुपर्ने बताएका छन्। यस्तै, उनले ‘लजिस्टिक’ विकासमा पनि ध्यान दिनुपर्ने बताएका छन्।

आइएमएफका अनुसार भारतले डिजिटलाइजेसनमा निकै प्रगति गरेको छ। जसले गर्दा भारत विकासको मामिलामा बलियो बन्दै गइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय