बेल्ट एण्ड रोड फोरममा सहभागी हुन झलनाथ चीन प्रस्थान

२०८० आश्विन २९, सोमबार
पढ्ने समय : < 1 मिनेट

असोज २९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । नेता खनाल चीनले आयोजना गर्न लागेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) सहभागी हुन गएराति चीन प्रस्थान गरेका हुन् ।
चीन भ्रमणका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताका साथै विभिन्न मुलुकबाट आउने राष्ट्रप्रमुख र विदेश विभागका प्रमुखहरुसँग भेटघाट गर्ने खनालको निजी सचिवालयले जनाएको छ ।
चीनको औपचारिक भ्रमण सकेर खनाल अक्टोबर २२ अर्थात कात्तिक ५ मा नेपाल फर्कने छन् । नेता खनालसँगै रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज संग्रौला चीन भ्रमण टोलीमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय