नेपाली नागरिकतासहित भारतको पानीटंकीबाट चिनियाँ नागरिक पक्राउ

२०८० आश्विन २७, शनिबार
पढ्ने समय : < 1 मिनेट

 

असोज २७

एक चिनियाँ नागरिक नेपाली नागरिकतासहित भारतबाट पक्राउ परेका छन् । नेपाल–भारतको सीमा नाका काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका उनलाई सोधखोजका क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीको टोलीले पक्राउ गरेको हो ।
सो क्रममा एसएसबीको टोलीले चिनियाँ नागरिकलाई सहयोग गरेको आरोपमा दुई जना नेपालीलाईसमेत पक्राउ गरेको छ। काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनियाँ नागरिक ली शियाकाङ र उनलाई सहयोग गर्ने नेपालीहरु सञ्जीव सुयाल र चित्र गुप्त अधिकारी पक्राउ परेका हुन् ।

गाडी चढेर शुक्रबार दिउँसो भारत गएका उनीहरुलाई सोधपुछका क्रममा एसएसबीको टोलीले नियन्त्रणमा लिएको हो । एसएसबीले आवश्यक कागजपत्र माग्दा चिनियाँ नागरिक शियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए । तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन ।

चिनियाँ नागरिकसहित तीनै जनालाई पक्राउ गरी एसएसबीले खोरीबारी प्रहरीलाई जिम्मा लगाएको छ । भारतीय प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय