बीआरआई’ अन्तर्गतका परियोजना छनौट गरेर छिट्टै अघि बढाउँछौं ः प्रधानमन्त्री

२०८० आश्विन २१, आईतवार
पढ्ने समय : < 1 मिनेट

असोज २१

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरु कार्यतालिका नै बनाएर छिटो अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
’बीआरआईको एक दशक ः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सेमिनारमा आइतबार मन्तव्य व्यक्त गर्दै दाहालले पूर्वाधार विकासमा नेपालका लागि ठूलो लगानी खाँचो रहेकाले बीआरआईलाई छिटो अघि बढाउन आवश्यक रहेको उल्लेख गरे ।नेपाल सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि त्यस अन्तर्गतका परियोजनाहरु छनौट गरेको छैन ।
’विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो छ । बीआरआई नेपालका लागि त्यस्तो महत्वपूर्ण स्रोत हुन सक्छ । विगत १० वर्षमा बीआरआईमार्फत् मात्र १००० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सावजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन सकेन’ प्रधानमन्त्री दाहालले भने,’अब हामी छिटै कार्ययोजना बनाएर समयबद्ध कार्यतालिकाअनुरूप दुवैतर्फका र साझा संयन्त्रहरूलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेछ ।’

उनले विगतमा आफैं सरकारको नेत्तृवमा रहँदा र चीनका राष्ट्रपति सी जिनफिङको २०१९ मा भएको भ्रमण र त्यसपछिका द्विपक्षीय भ्रमणका उपलब्धीलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए । ’अब बीआरआई परियोजना मनोकामनाको सूची (वीस–लिस्ट) नभई कार्यान्वयनयोग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बीआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने छौं । यो नेपाल सरकारको स्पष्ट धारणा पनि हो’ प्रधानमन्त्री दाहालले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय