असोज १७,



वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी कार्यमा संलग्न दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पाकिस्तानको राहुलपिन्डी घर भएका ५१ वर्षीय नजिर मोहम्मद र अजरवैजनका ३१ वर्षीया आइसेल हुसेनिललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई ठमेलबाट नियन्त्रणमा लिएको बताइएको छ । कार्यालयका अनुसार उनीहरुको साँठगाठमा वैदेशिक रोजगारीमा चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायत देश पठाइदिने प्रलोभनमा ठगी कार्य हुदैँ आइरहेको थियो ।
अनुसन्धानको क्रममा उनीहरुले वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने आश्वासनमा पीडितहरुबाट आठ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।



