बीआरआई र एमसीसी फरक हो बीआरआई व्यापारसँग सम्बन्धित विषय यो नेपालका लागि आवश्यक ः सीपी गजुरेल

२०८० आश्विन ३, बुधबार
पढ्ने समय : < 1 मिनेट

असोज ३
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फरक अवधारणा भएको बताएका छन् ।

मंगलबार पत्रकारसँगको अन्तरक्रियामा नेता गजुरेलले एमसीसीलाई अमेरिकाको इन्डोप्यासिफिक स्ट्राटेजी (आईपीएस) को अंग भएको भन्दै त्यसले मुलुकको हित नगर्ने बताए ।
‘बीआरआई व्यापारसँग सम्बन्धित विषय हो । यो नेपालका लागि आवश्यक विषय हो । एमसीसी अमेरिकाको दक्षिण एसियामा सैन्य प्रभुत्व जमाउनका लागि ल्याइएको रणनीतिक योजना अन्तर्गतको परियोजना हो’, उनले भने, ‘त्यसैले हाम्रो पार्टी एमसीसीको बिरोध र बीआरआईको सपोर्ट गर्छौं ।’
बजार सानो वा ठूलो हुनसक्ने, तर देश सानो वा ठूलो नहुने भन्दै नेपालले पनि उद्योग व्यवसाय गर्न सक्ने बताए । त्यसका लागि मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मजबुत अर्थतन्त्रको निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय