जेठ ४,
भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य बढाउने सहमति भएको छ ।
भारतीय दूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच उक्त विषयमा बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । यी दुई परियोजनाको अनुमानित बजेट करिब ८ करोड रहेको छ ।



यी दुई परियोजना भित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् । यी दुई परियोजनाको निर्माण रामेछाप नगरपालिका र बडिकेदार गाउँपालिका मार्फत कार्यान्वयन गरिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



