साढे २ महिनामा ११ सयभन्दा बढीलाई आरोहण इजाजत, लिनेमध्ये अमेरिकीपछि चिनियाँ धेरै

२०८० जेष्ठ ३, बुधबार
पढ्ने समय : < 1 मिनेट

जेठ ३

हिमाल आरोहणका लागि अढाई महिनामा ११ सयभन्दा बढी आरोहीले इजाजत लिएका छन्। नेपाल पर्यटन विभागले तयार पारेको विवरण अनुसार गत मार्चदेखि मे १४ तारिखसम्म इजाजत लिने विभीन्न मुलुकका पर्यटकमध्ये अमेरिकी र चिनियाँको संख्या धेरै छ।
कोभिड संक्रमण सुरु भएदेखि नै नेपाल भ्रमणबाट बञ्चित भएका चिनियाँ पर्यटकको आवागमन हाल उल्लेख्य रुपमा वृद्धि भएको पर्यटन विभागले जनाएको छ। विभागले तयार पारेको तथ्याङ्क अनुसार यो अवधिमा एक सय ८० अमेरिकी आरोहीले इजाजत लिएका छन्। यसैगरी चिनिया एकसय १९ आरोहीले इजाजत लिएका छन्। हिमाल आरोहणका लागि छिमेकी मुलुक भारतबाट ९२ जना आरोहीले अनुमति पाएका छन्।

पर्यटकीय सिजनको पहिलो तीन महिनामा विश्वभरका ८० मुलुकका पर्यटकले विभीन्न हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ। आरोहीमध्ये दुई सय ७७ जना महिला र आठसय ९९ जना पुरुष आरोही रहेका छन्।

यी आरोहीले मुलुकमा रहेका बिभिन्न २८ वटा हिमाल आरोहणको अनुमति पाएका हुन्। यो अवधिमा साढे ७६ करोड रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ।

सगरमाथा आरोहणबाट ६६ करोड रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ। सगरमाथा आरोहण अनुमति पाउनेको संख्या चार सय ७८ रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय