एक दर्जन चिनियाँ ब्यापारी जहाजै रिजर्भ गरेर आइपुगे नेपाल

२०८० जेष्ठ २, मंगलवार
पढ्ने समय : < 1 मिनेट

जेठ २

चीनबाट व्यापारी र व्यवसायीहरुको एउटा टोली काठमाडौं आइपुगेको छ । उनीहरु चार्टर उडान बाट सोमबार साँझ साढे ६ बजे काठमाडौं विमानस्थलमा ओर्लिएको बुझिएको छ ।

चिनियाँ व्यवसायीहरुको १२ जनाको टोली फुजियान प्रान्तको राजधानी फुचौबाट विमान चार्टर गरेर आएको हो । चार्टर उडान नम्बर बी ८२५५ मा आएका उनीहरुले व्यावसायिक उद्देश्यका साथ लगानी र व्यापार सम्बन्धमा छलफल गर्ने बुझिएको छ । ताइवान वारीको यो त्यही प्रान्त हो जहाँ उपराष्ट्रपति छानिनुअगाडि सि चिन्फिङ्गले पार्टी सचिवको रूपमा विकास निर्माण कार्यको अगुवाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय