बैशाख ३०
राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्।
उनले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने पनि बताए।



भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उहाँले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरुले पनि सहयोग गर्ने उनले स्पष्ट पारे।
शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै गौतमले नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गरे।
साथै, उनले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने पनि पटकपटक दोहो¥याए।
‘प्रतिनिधिसभाले सर्वसम्मतिले, नेपालका राजनीतिक पार्टीहरुको सर्वसम्मतिले त्यो कालापानीदेखि, लिपुलेकदेखि, लिम्पियाधुरासम्मको भूभाग नेपालको हो। र, नक्सा जारी गरेर संसारको अगाडि देखाउनु पर्छ भनेर निर्णय गरेर त्यो नक्शा जारी गरियो। सरकारको नीति तथा कार्यक्रममा समावेश गरियो,’ उनले भने, ‘संसदले सर्वसम्मतिले पारित ग¥यो। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले त्यसलाई पारित गरेको छ। र, त्यो आज नेपालको भन्ने कुरामा नेपाली जनतामा कुनै दुविधा छैन।’
नेपालले भारतको मिचाहा प्रवृत्ति अतिक्रमणका गरिएको भूभागबाट भारतीय सेना, भारतीय कर्मचारीहरू फिर्ता गर्नुपर्ने उनले बताए।
‘हाम्रो भूमिका बस्न पाईन्न भन्ने विषय हाम्रो आजको विषय हो। त्यसो भएर हामीले त्यसो गर्ने कि नगर्ने, त्यो चिजमा जाने कि नजाने?’ गौतमको प्रश्न थियो।
गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने समेत बताए।



