बैशाख २३
राष्ट्रिय एकता अभियानले लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन गरेको छ । अभियानका लुम्बिनी संयोजक भूपेन्द्र यादवको नेतृत्वमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनको क्रममा अभियन्ताहरूले चीन लुम्बिनीको विनाश गर्न बन्द गर, चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, युनेस्को–लुम्बिनीलाई चिनियाँ विनाशबाट जोगाउन पहल गर, लुम्बिनी बचाऊ, बुद्धको विरासत बचाऊ, चिनियाँ हस्तक्षेपबाट लुम्बिनी बचाऊ, लुम्बिनी बिक्रीको लागी हैन, यसलाई चिनियाँ शोषणबाट बचाउ भन्दै नाराबाजी लगाएको थिए।



अभियानका लुम्बिनी संयोजक यादवले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको बताउनु भयो । उहाँले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने दोह¥याए ।
उनले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिए। उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण को जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाए ।
लुम्बिनी विकास कोषसँग लुम्बिनी परिसरमा रहेको चिनियाँ गुम्बाले दीप प्रज्वलनको अनुमति लिएर सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएपछि अभियानले विरोध जनाएको हो ।
बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति पाएको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर नै छेकिने गरी स्टेज र बोर्ड राखेपछि अभियानले विरोध प्रदर्शन गरेको अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए ।



