लुम्बिनी क्षेत्रमा चिनिया डिजाइन मा सदभाव बिगार्ने प्रयास, बापुको कार्यक्रमको विरोधमा जुलुस र सभा

२०७९ माघ २४, मंगलवार
पढ्ने समय : 2 मिनेट

माघ २४
लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा माघ २१ गतेदेखि २९ गतेसम्म ‘श्री रामकथा प्रवचन’ कार्यक्रम राखिएको थियो । कार्यक्रम राखिए पछी विभिन्न बुद्धिष्ट सघ,सस्थाहरु ले बिरोध जनाए को हुदा कार्यक्रम ३ दिन पछाडी सारेर माघ २४ देखी सुरु हुने आयोजक ले जनाएका छन । प्रवचन दिन भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापु लुम्बिनी आएका छन । लुम्बिनीमा हिन्दु धर्म को प्रचार गर्न लागे को भन्दै माघ १४ गते धर्मोदय सभा ले ज्ञापन पत्र मार्फत विरोध जनाएको थियो । त्यस लगतै विभिन्न बुद्धिष्ट सघ,सस्था ले पनि कार्यक्रम को विरोध जनाएका थिए । लुम्बिनी का स्थानिय का अनुसार यो धेरै ठूलो र गहिरो षड्यन्त्र भएको बताउछन ।रामकथाको यो विरोध चिनियाँ डिजाइन मा गरिएको कार्यक्रम रहेको स्थानिय युवाहरु ले बताएका छन । सबै भन्दा पहिला विरोध जनाउने धर्मोदय सभा लुम्बिनी का अध्यक्ष महेन्द्रमान श्रेष्ठ रहेका छन । श्रेष्ठ विगतमा लुम्बिनी मा चिनिया राजदुताबास द्धारा सचालित चाइना स्टडी सेन्टरका अध्यक्ष समेत रहेको हुदा अहिलेको यो विरोध चिनिया दुतावास बाट सचालित भएको बुझन सकिने लुम्बिनी का युवा सुरेश कुमार बताउछन। उनी भन्छन यसको विरोध गरेर चिनियाँ ले हिन्दू र बौद्धहरूबीच विभाजन गर्न चाहन्छन्। चिनियाँ चाहन्छन् कि हिन्दू र बौद्धहरू विभाजित भएपछि हिन्दूहरू लुम्बिनी नआओस् र लुम्बिनीमा पर्यटकका कारण सबै पर्यटन र रोजगारीका अवसरहरू गुम्नेछन्। यसले नेपालको अर्थतन्त्रको मेरुदण्ड भाँच्नेछ र नेपाल अन्ततः चिनियाँ का सामु झुक्नेछ ।
सुरेश भन्छन यी चिनिया हरुलाई थाहा छ कि नेपालमा हिन्दु र बौद्धहरु बिच विभाजन भइहाल्यो भने धर्मको नाममा जुनसुकै बेला द्वन्द्व सृजना गर्न निकै सहज हुनेछ । यसै विषय लाई लिएर सोमबार लुम्बिनी दिनभर तनावग्रस्त बन्यो। विभिन्न बुद्धिष्ट सघ सस्था ले बिरोध जनाए पछी प्रहरी प्रसासन ले समयमै यस लाई रोकी ठुलो दुर्घटना हुन बाट बचाएका छन । यसै बिच प्रवचनमा सहभागी हुन १ सयभन्दा धेरै देशबाट बापुका हजारौं अनुयायी लुम्बिनी आइसकेका छन् । लुम्बिनी विकास कोषले यो कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै केही व्यक्तिमा अनावश्यक भ्रम परेको बताएको छ ।
तर, केही बौद्धमार्गीले यसरी कार्यक्रम गर्नु आफ्नो धर्ममाथि अतिक्रमण भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले कार्यक्रमको विरोध गर्दै लुम्बिनी परिसरमा जुलुस निकालेका थिए् ।
विरोध जुलुसमा सहभागी हुन काठमाडौं, पोखरा लगायतका शहरबाट पनि केही बौद्धमार्गी लुम्बिनी आएको बताइएको छ। लुम्बिनी विकास कोषले रामकथा प्रवचनका लागि भन्दै सभाहल भाडामा लगाएको छ ।

लुम्बिनी क्षेत्रमा अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीय बौद्धमार्गीले भने धार्मिक सहिष्णुता कायम गर्न आग्रह गरेका छन् । कार्यक्रमप्रति स्थानीयको सदभाव देखिएको छ । बाहिरबाट आएकाहरूले चर्को विरोध गरेको बताइएको छ ।
लुम्बिनी विकास कोषले विज्ञप्ति निकालेर सदभावको अपिल गरेको छ । लुम्बिनीमा निर्माण भएको हलमा बौद्ध धर्मलाई ठेस नपुग्ने गरी कसैले कार्यक्रम गर्न खोज्दा आपत्ति मान्नुपर्ने कुनै कारण नरहेको भन्दै विज्ञप्तिमा सहयोगका लागि आग्रह गरिएको छ ।

 

कार्यक्रममा आउने पाहुनाका कारण लुम्बिनी तथा आसपासका ९० प्रतिशत होटल बुक भइसकेका छन् । यसले होटल व्यवसायीमा उत्साह थपेको छ । नौ दिनसम्म चल्ने प्रवचनमा दैनिक ६ हजार भन्दा धेरै सहभागी हुने बताइएको छ ।
आध्यात्मिक गुरु मोरारी बापुको लुम्बिनीमा ९१२औँ’ राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थस्थल एवं प्रमुख स्थानमा प्रवचन दिने कार्यक्रम बनाएका थिए ।

जसअन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

यसअघि, सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसअघि, सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय