प्राधिकरणको कटौतीले दिल्ली उडान रोकियो, भैरहवाबाट उडान गर्नुपर्ने सर्त

२०७९ कार्तिक १३, आईतवार
पढ्ने समय : < 1 मिनेट

कात्तिक १३ ,
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई भैरहवाबाट उडान नथालेको भन्दै निगमको दिल्ली उडान कटौती गरिदिएको छ। निगमले हप्तामा १४ वटा उडान गर्दै आएकोमा १० वटा मात्रै गर्न अनुमति दिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टुबर ३० देखी मार्च २७ सम्मको तालिकामा उडान कटौती गर्दा नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिएको छ। नेपाल एयरलायन्सले पहिला नै टिकट काटी यात्रुको बोर्डिङ गरिसकेको अवस्थामा समेत दिल्ली उडान रोकिदिएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरले नेपाल एयरलाइन्सले उडान अनुमति नल्याउँदा बोर्डिङ गरेको जहाज रोकिएको बताए। ,‘नेपाल एयरलाइन्सको उडान १० वटा मात्रै भएको छ। पुरानो तालिका अनुसार उडान गर्न पाइदैन ठाकुर ले भने ।

नेपाल एयरलाइन्सकी निर्देशक अर्चना खड्काले प्राधिकरणले उडान तालिका कटौती गर्दा उड्न लागेको जहाज रोकिएको बताइन्।
‘हामीले अहिले १४ वटा उडान गरिरहेका थियौं,’ खड्काले भनिन्,‘त्यहिअनुसार हामीले टिकट काटेका थियौं। तर प्राधिकरणले उडानको अनुमति दिएन। समन्वय गरिरहेका छौं।’
उनले नेपाल एयरलाइन्सको विजनेस दिल्ली–काठमाडौं रहेको बताउँदै १४ वटै उडानकोलागि समयन्वय भैरहेको बताइन्।
‘नेपाल एयरलायन्सको दिल्ली उडान कटौतीगर्दा आम्दानी घट्छ,’ खड्काले भनिन्,‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जानकोलागि तयारी गरेपनि समय लाग्छ। टीआईए बाटै उडान गर्नु पर्छ।’

खड्काले प्राधिकरणले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्न पत्र काटेको बताउँदै त्यसको तयारी भैरहँदा उडान कटौती गरेको बताइन्।
‘प्राधिकरणले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल बाटै उडान गर्नुपर्छ भनेर सर्त नै अघि नसारेपनि काठमाडौंका उडान गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट गर्न पत्र काटेको छ,’ उनले भनिन्,‘हामीसंग सिमित जहाज छौं। त्यसको तयारी गरिरहेका छौं।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले अघिल्लो हप्ता हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले भैरहवाबाट उडान नगरे त्रिभुवन विमानस्थलमा सेवा विस्तार गर्न नदिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय