गृहमन्त्री खाँणसँग भारतीय राजदूत श्रीवास्तवको भेट

२०७९ आश्विन २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असोज २७,

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीसँग भेट गर्न राजदूत श्रीवास्तव बिहीबार सिंहदरबार स्थित गृहमन्त्रालय पुगेका थिए ।

गृहमन्त्री र भारतीय राजदूतबीचको भेटमा नेपाल–भारतको आपसी सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको बताइएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार राजदूत श्रीवास्तवले आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई शुभकामना दिएका थिए ।
गृहमन्त्री खाँणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताएका थिए । नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास गृहमन्त्रीले व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय